बोलेरो दुर्घटनामा सात जनाको मृत्यु

चैत्र १- उदयपुर, उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा बिहीबार भएको बोलेरो दुर्घटनामा सात जनाको मृत्यु भएको हो। मृतकमध्ये चालक भोजपुर हतुवागढी(२ का मानबहादुर बस्नेतको सनाखत भएको र बाँकीको सनाखत हुन सकेको छैन।

भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको को१ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे भीरबाट खस्दा चालकसहित सात जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार दुई जनाको शव भेटिसकेको र अन्य पाँच जनाको शव भिरमा गाडीले चेपिएको अवस्थामा भेटिएकाले डोरी लगाएर निकाल्ने काम भइरहेको छ।

 

दुर्घटनामा घाइते भएका ९ जनालाई उद्धार गरी विराटनगर पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्