टीकापुरसहित कैलालीका विभिन्न स्थानबाट ३ जना लागुऔषध सहित पक्राउ

चैत्र १- कैलाली, टीकापुर नगरपालिका(३ रामपुरबाट १०० मिलिग्राम खैरो हेरोईनसहित जानकी गाउँपालिका(७ बस्ने २६ वर्षीय राजकुमार चौधरी पनि बुधबार साँझ पक्राउ परेका छन्। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका(३ ब्यारेलबाट ९५० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित अछाम साँफेबगर नगरपालिका(४ बस्ने ३० वर्षीय सन्तोष सुनारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो।

यस्तै कैलालीकै गोदावरी नगरपालिका(१ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ वस्र्ने २६ वर्षीय माधब बिष्टलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। बिष्टलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्