कुवेतमा कारले ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु

चैत्र १- कुवेत, कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेको नेपाली दुतावासले बताएको छ ।

ज्यान गुमाउनेमा नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत रहेका थिए

गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्