हातहतियारसहित दुई जना पक्राउ

फाल्गुन ३०- स्याङजा, वालिङ नगरपालिका-१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्