पानी भरिएको खाल्डोमा डुबेर मृत्यु

फाल्गुन २९- पाँचथर,  पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपका २८ वर्षीय ज्ञानेन्द्र चेम्जोङको पानी भरिएको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

घर नजिकै रहेको खाल्डोमा डुबेर उनको ज्यान गएको हो । मृतक छारे रोगको बिरामी रहेको परिवारका सदस्यले जनाएका छन् । बिहान घर बाहिर निस्केका उनलाई आफन्तले खाल्डोमा घोप्टो परेर मरेको देखेपछि प्रहरी चौकी फाक्तेपमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्