सुर्खेतमा एक जना पुरूष मृत भेटिए

फाल्गुन २९- सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ को लाटिकोइलीमा एक जना पुरूष मृत भेटिएका छन् ।

 

मृत भेटिनेमा बारा जिल्ला घर भई हाल लाटिकोइलीमा बस्दै आएका ३२ वर्षका अनिल पट्टेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले बताए ।

उनका अनुसार मृतकको घाँटीमा काटिएको चोट छ । घटनास्थलमा चुलेसीसमेत फेला परेको उनले बताए ।

मंगलबार ११ बजेतिर उनको कोठामै शव भेटिएको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्