डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ

फाल्गुन २९- बारा,  बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।

सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्