कैलालीको धनगढीमा एक युवक मृत फेला

फाल्गुन २९-कैलाली,  बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन्।

बुढी गङ्गा नगरपालिका-७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी-७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ।

 

उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्