आज राष्ट्रिय सभाको अध्यक्षको चुनाव

फाल्गुन २९- काठमाडौं,  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ः०९ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ। राष्ट्रिय सभाको बैठकमा अध्यक्षको चुनाव हुनेछ।

राष्ट्रिय सभाका अध्यक्षका लागि नेकपा ९माओवादी केन्द्र०बाट सांसद नारायण दाहालले उम्मेदवारी दिएका छन्। दाहाललाई गठबन्धनमा रहेका दलको समर्थन रहेको छ।

त्यस्तै, नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्। उनलाई विपक्षी दलको समर्थन रहेको छ।

अहिले राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन्।

प्रतिक्रिया दिनुहोस्