अफगानिस्तानमा गाडि दुर्घटनाहुँदा सात जनाको मृत्यु

फाल्गुन २६- अफगानिस्तान,  पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात यात्रुको मृत्यु भएको छ भने तीन जना घाइते भएक छन ।

शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको घटनास्थलमै मृत्यु भएको र एक बालकसहित अन्य तीन जना घाइते भएको अधिकारीले बताए ।

अफगान अधिकारीहरूका अनुसार त्रुटिपूर्ण ड्राइभिङ, भीडभाडयुक्त सडक, यात्राको क्रममा सुरक्षा उपायहरू अवलम्बन नगरिनु र जीर्ण राजमार्गहरू सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

 

प्रतिक्रिया दिनुहोस्