समिक्षा अधिकारीले भन्निः समाजले मलाई पटक पटक मार्यो ।

फाल्गुन २५- समिक्षा अधिकारीले आज नारी दिवशको अवसर पारेर सम्पूर्णमा शुभकामना व्यक्त गरेकीछन।

उनले आफनो फेसबुकमा एक भावुक स्टाट्स लेखेकीछन जस्मा उनलाई समाजले पटक पटक मार्न खोजेको कुरा बतायकिछन ।

उनको स्टाट्स जस्ताको तेस्ते :

यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहानबेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठुला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहानु मेरो के गल्ति थियो र? म त पखेटा फिँजाएर उड्न चाहान्थें। तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए।
समाज प्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्यो। धेरै पटक मार्यो। तर पनि उठें। हिम्मत हारिन्। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायका बिरुद्ध लड्ने तागत सम्पुर्ण महिलाहरुमा आफैबाट आवोस भन्ने कामना/सुझाव सहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्ण दिदिबहिनी, आमाआन्टीहरुमा शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्