ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

फाल्गुन २५- नुवाकोट,   किस्पाङ गाउँपालिका- ५ स्थित फिकुरीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार बेलुकी त्रिशूलीबाट फिकुरी हुँदै भाल्चेतर्फ जाने क्रममा ना५त ८१६२ नम्बरको ट्याक्टर सडकबाट तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-६ पथरावुद्ध रामपुर घर भएका १८ वर्षीय धिरज यादवको घटनास्थलमै मृत्यु भएको हो।

शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्