फाल्गुन २४- बिहीबार यस सम्बन्धी निर्णय गर्दै आयोगले पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।
नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो। महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई अस्वीकार गर्दै श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ।
विधानको संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ. नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने,’ आयोगको निर्णयमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्