भरूवा बन्दुकसहित दुई जना पक्राउ

फाल्गुन  २४- पर्वत, फलेवास नगरपालिका-११ पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-११ पाङराङस्थित बाटोको लेवर काम गर्ने धादिङ रोराङ गाउँपालिका-६ घर भएका २७ वर्षीय सुजन तामाङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्