काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

फाल्गुन २३- आज बिहान धादिङको गजुरीको घाटबेसीस्थित त्रिशूली नदीमा बस खसेको छ।

 

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ। लु २ ख २१२१ नम्बरको बस दुर्घटनाहुँदा ६ जनाको मृत्यु

भएको छ भने ३५ जनाको जीवितै उद्धार गरिएको छ। बसमा ५१ जना यात्रु सवार रहेका थिए।

बिहान चार बजेतिर भएको दुर्घटनामा १ महिला सहित ४ जनाको शव देखिएको छ। शवको सनाखत भएको छैन भने कति जनाको मृत्यु भयो भन्ने यकिन विवरण प्राप्त भएको छैन।
सडकबाट १ सय मिटर तल त्रिशूली नदीमा छत देखिएको अवस्थामा डुबेको बसका ३५ जना यात्रुको उद्धार गरिएको र सबै घाइतेहरुलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि घाटबेसी बजारबासी, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्