कञ्चनपुरमा १८ वर्षीय किशोरी मृत फेला प्रकरणमा वडाध्यक्षसहित ६ जना पक्राउ

फाल्गुन २०- कञ्चनपुर,  कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन्।

उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए।

आइतवार अदालतबाट म्याद थप गरेर अनुशन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्