खोलामा पानीमा डुबेको अवस्थामा युवाको शव फेला

फाल्गुन २०- रोल्पा,  रोल्पाको सदरमुकाम लिबाङ नजिकैको धाङ्सी खोलामा पानीमा डुबेको अवस्थामा युवाको शव आइतबार फेला परेको छ ।

खोलामा शव देखिएको खबरपछि आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवीराम भण्डारीको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

लिबाङ–धाङ्सी सडक खण्डमुनिको खोलाको बीच भागमा शव फेला पारेको थियो ।

 

शव फेला पारेपछि अनुसन्धान गर्दा उक्त शव रोल्पा नगरपालिका–१० धबाङका २९ वर्षीय मणीष पुनको भएको पहरीले जनाएको छ । प्रहरीले ती युवा अघिल्लो दिन काठमाडौंबाट लिबाङसम्म आएको र त्यसपछि घर पुग्ने क्रममा रिपाभिरबाट खसेको हुन सक्ने जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्