वीरगन्जबाट प्रहरीले १ करोड ४२ लाख ७८ हजार बराबरको गाडि पक्राउ गरेको छ

फाल्गुन २०- वीरगन्ज,  वीरगन्जबाट प्रहरीले कपडा र किताब गरी एक करोड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको सामान लिएर काठमाडौं जाँदै गरेको मालवाहक ट्रक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

तस्करीको सामान भित्र्याएको आशंकामा गाडी नियन्त्रणमा लिएको छ।

भन्सार जाँचपास भई भित्रिएको बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन २५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिइएको थियो । गाडिहरु वीरगन्जस्थित एकिकृत भन्सार जाँच चौकीबाट पास भएका थिए।

प्रहरीले नियन्त्रणमा लिएको सामानसहितको दुवै गाडीको थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्