शनिवार मध्यराति आगलागीमा ५२ वर्षीयाको मृत्यु

फाल्गुन २०- इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा शनिवार मध्यराति आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उक्त आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको हो

मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल छिन् । डीएसपी कार्कीले भनेः मृतकको कोठा भित्रबाट चुकुल लगाइएको अवस्था छ,’ ‘आगलागीको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।’

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्