दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान श्रीमती पक्राउ

फाल्गुन १८- नुवाकोट, किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका-३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेक प्रसाद भट्टको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा कालिका गाउँपालिका-२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छ्न ।

किस्पाङ गाउँपालिका-५ खत्रीकुना जंगलमा टेक प्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासबाट पक्राउ गरेको हो ।

उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा ललाई फकाई लगि दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

 उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्