१९ र १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

फाल्गुन १८- नवलपरासी पूर्व, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्