फाल्गुन १८- बर्दिया, बर्दियामा आगलागीबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका– ४ मैनवारका ५५ बर्षीय लक्षिराम जैसी छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर कुशलसिंह ठकुरीका अनुसार गोठमा आगलागी भएपछि भित्र रहेका बाख्रा निकाल्न खोज्दा लक्षिरामको जलेर मृत्यु भएको बताए।
आगलागीमा परी दुई खसी र ६ बाख्रापनि मरेका छन्। आगलागीबाट झन्डै १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ।
आगलागीको कारण नखुलेको इन्स्पेक्टर ठकुरीले बताए।
कार्यवाहक वडाध्यक्ष अमिन थारुले गोठमा आगलागी भएपछि भित्र रहेका भैंसी र बाख्रा फुकाएर निकाल्नका लागि लक्षिराम गोठमा पसेका थिए।
उनले एउटा भैंसी र दुईटा बाख्रालाई गोठबाट निकालेका थिए।
त्यसक्रममा गोठभित्र राखिएको परालमा सल्किएको आगोमा परी उनको मृत्यु भएको कार्यवाहक वडाध्यक्ष थारुले बताए।
बिहीबार बेलुकी सवा ८ बजेतिर गोठ भित्र राखेको परालमा आगो सल्किएको र त्यसैमा परी लक्षिरामको मृत्यु भएको प्रहरीले बताएको छ।
शुक्रबार मृतकको पोस्टमर्टम पछि आफन्तले शव बुझेर अन्तेष्टि गरेका छन्।
प्रतिक्रिया दिनुहोस्