स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

फाल्गुन १८- सर्लाही, लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्