फाल्गुन १६- कास्की, कास्की जिल्ला प्रहरी कार्यालयले सेतीको ड्याम खोल्न लागिएको भन्दै सतर्क रहन आग्रह गरेको छ।
प्रहरीले बुधबार सार्वजनिक सूचना जारी गर्दै भोलि बिहीबार विहान ड्याम खोल्न लागिएको जनाएको छ।
कास्कीको पोखरा महानगरपालिका १ सिम्पानी बस्ने सार्की लामा तामाङ (मानबहादुर तामाङ) लाई गत आइतबार साँझ माछा मार्न जाने क्रममा सेती नदीले बगाएर बेपत्ता बनाएको थियो।
सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतको टोलीले खोजतलास गर्दा फेला नपरेको र सेती नदीको ड्याम खोली खोजतलास गर्न अनुरोध भएको भन्दै प्रहरीले ड्याम खोल्न लागेको हो।
‘फागुन १७ गते विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला कास्की पोखरा महानगरपालिका १६ स्थित ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नुपर्ने भएकाले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरू चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनुहुन यो सूचना प्रकाशन गरिएको छ।’ सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्