फाल्गुन १६- बुधबार सेयरबजारमा झिनो गिरावट भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको सेयरबजार आज भने सामान्य अङ्कले घटेको हो ।
मङ्गलबार ९.३४ अङ्कले घटेको सेयरबजार आज ०.८७ अङ्कले बढेर २०००.७७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, बिएनटी, बिबिसी, बिपिडब्लु लघुवित्त र चिरख्वा हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ हाइड्रो, गुराँस लघुवित्त र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.५१ प्रतिशतले बढ्दा उत्पादन समूहको उपसूचक ४.९६ र लगानी उपसूचक १.०५ प्रतिशतले बढ्यो । आज विकास बैंक समूहको उपसूचक सर्वाधिक १.११ प्रतिशतले घट्दा फाइनान्स समूहको उपसूचक ०.९६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले घटे ।
प्रतिक्रिया दिनुहोस्