सगरमाथा सिमेन्ट उद्योग भित्र ट्रिपरको ठक्करबाट ट्रिपर चालकको मृत्यु

फाल्गुन १६- तुलसीपुर,  दाङको गाेग्लिमा  रहेकाे सगरमाथा सिमेन्ट उद्योग भित्र ट्रिपरको ठक्करबाट ट्रिपर चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका –३ निवासी ३० वर्षका नारायण शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । रा १ क १२९५ नम्बरको ट्रिपर चालक शर्मालाई रा १ क १२७८ नम्बरको ट्रिपरले सिमेन्ट उद्योगभित्र रहेको पेट्रोलपम्ममा तेल भर्न जाँदा ठक्कर दिएको थियो ।

मंगलबार राति ८ः४५ बजे ट्रिपरको ठक्करबाट गम्भिर घाइते भएका शर्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । इन्धन भरेर पार्किङ पश्चात ट्रिपरबाट ओर्लिएका शर्मालाई इन्धन भर्न गएको अर्को ट्रिपरले ठक्कर दिएको थियो ।  ठक्कर दिने ट्रिपर चालक ३८ वर्षका वसन्त जिसीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिनुभयो ।  ट्रिपर  सिमेन्ट उद्योगका भएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्