७० लाख रुपैयाँको कपडासहित ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

फाल्गुन १४- वीरगन्ज, वीरगन्जमा सशस्त्र प्रहरीले राजश्व छलेर भित्र्याइएको आशंकामा ७० लाख रुपैयाँ मूल्यको कपडासहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी(आइसिपी)बाट भन्सार जाँचपास भई काठमाडौं तर्फ जाँदै गरेको कपडा लोड रहेको ना ८ ख ३९७८ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। वीरगन्ज २५ बहुअरीस्थित सडकमा उक्त ट्रक सशस्त्र प्रहरीले रोकेर चेकजाँच गरेको थियो

त्यसक्रममा उक्त ट्रकमा रहेको ७० लाख रुपैयाँ मूल्यको कपडाको बिलबिजक शंकास्पद देखिएकाले कपडासहितको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जानकारी दिए।

बरामद कपडाको ७० लाख र ट्रकको ४० लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कर्मचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्