टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट १६ वर्षिय किशोरीको मृत्यु

काठमाडौं । कीर्तिपुरमा भएको दुर्घटनामा १६ वर्षिय किशोरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको मृत्यु भएको हो । शनिबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्