दार्चुलामा एक नगर प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

फाल्गुन १३- दार्चुला,  दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

महाकाली नगरपालिका-४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।

आइतबार दिउँसो २ बजेको समयमा आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुन्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

मृतक पल्याल आजै बिहान १० बजे घरबाट आएको बताइएको र २ बजेदेखि नगरपालिकामा ड्युटी रहेको महाकाली नगरपालिकाका असई मोहन सिंह धामीले बताए।

प्रतिक्रिया दिनुहोस्