पानीमा डुबेर ३१ महिने बालिकाको मृत्यु

फाल्गुन १३- सिन्धुली,  पानीमा डुबेर सिन्धुलीमा आज बिहान ३१ महिनाकी बालिकाको मृत्यु भएको छ ।

 

पानीमा डुबेर तीनपाटन गाउँपालिका–८ महाभीरडाँडा निवासी टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

खेल्ने क्रममा घरभन्दा पछाडि रहेको शौचालयमा प्रयोग गर्न राखिएको प्लास्टिकको पानी ट्याङ्कीमा बालिका डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्