एल.आर.आई विद्यालयको ३६औं स्थापना दिवस

फाल्गुन १३- नेपालकै प्रतिष्ठित एल.आर.आई विद्यालय ले ३६ औं वार्षिक स्थापना दिवस मनाएको छ ।

 

काठमाडौं स्थित कलंकीमा रहेको लर्निङ रिलम इन्टरनेसनल स्कुलले विविध कार्यक्रम गरि ३६ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा भारतीय दूतावास स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको निर्देशक डा.अश्वरी बापटले विद्याललयले गरेको प्रगतिको प्रसंशा गरेकी थिइन् । उनले विद्याले नै मानिसको जीवनलाइ स्वर्गीय बनाउने काम गर्ने धारणा राखेकी थिइन् । उनले गुरुलाई सदैव शिरमा राखेर देखाएको मार्गमा लाग्न विद्यार्थीहरुमा आग्रह गरिन् ।

विद्यालयका प्राचार्य देवकान्त जोशीले विभिन्न कठिनाइ चिर्दै विद्यालयले सफलता तर्फ लागेको बताए । करिब १ सय विद्यार्थी बाट भाडाको घरमा सुरुवात गरेको विद्यालय अज ३ हजार विद्यार्थी सहित आफ्नै भवनमा आइपुग्नुमा अभिभावकको अपार माया र विश्वास साथै शिक्षक कर्मचारीको मिहेनतमा सम्भव रहेको बताए । कार्यक्रममा संस्थापक प्राध्यापक यशोधरा पन्तले विद्यार्थीहरूमा रहेको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले निरन्तर लागिरहेको बताइन् । स्थापना दिवसको अवसरमा विभिन्न विधामा शिक्षक, कर्मचारी, विद्यार्थी साथै समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

स्थापना दिवसमा विभिन्न स्वदेशी तथा विदेशी संगीतका साथै नृत्य प्रस्तुत गरिएको थियो ।।

प्रतिक्रिया दिनुहोस्