करिब ५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

फाल्गुन १२- धनकुटा, सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५२ किलोसहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्