अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

फाल्गुन १२- कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित कन्चनपुर पुनर्वास नगरपालिका-१० भिम बस्ती बस्ने २३ वर्षीय नविन सुनार समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ फनपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्रामसहित बझाङ दुर्गाथली गाउँपालिका-७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९७ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय नबिन सुनुवारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ३२ ट्याब्लेटसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ३५ वर्षीय दिनेश श्रेष्ठ र सोही महानगरपालिका-८ बगाले टोल बस्ने ३६ वर्षीय आशिष खान पैठान रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले विजयपुरबाट पोखरातर्फ आउँदै गरेको ग.३ प ८४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित ताप्लेजुङ फुङलिङ नगरपालिका-७ घर भएका ३८ वर्षीय मनिष गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो पोखरा समेतबाट खटिएको प्रहरीले नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको भे.१ ख ३२६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २२ एम्पुल, डाईजेपाम २२ एम्पुल, ऐभिल २२ एम्पुल र फेनारागन २२ एम्पुलसहित बेलबारी नगरपालिका-२ बस्ने २४ वर्षीय निशान लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्