१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

फाल्गुन १२- रोल्पा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्