भरूवा बन्दुकसहित दुई जना पक्राउ

फाल्गुन १२- दैलेख, नारायण नगरपालिका-२ स्थित देउती सामुदायिक वनबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय अमर बहादुर रावत र ५४ वर्षीय धन बहादुर राम्जाली मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्