फाल्गुन १२- कैलाली, कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो।
उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाई भागेको थियो। घाईते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले उनको आईसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। यी दुबै घाईतेहरुको कोहलपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्