२६ दिनकी शिशु चोर्ने महिला काँडाघारीबाट शिशुसहित पक्राउ

फाल्गुन १२-  काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।

शिशुलाई काँडाबारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। ती शिशुलाई लिएपछि प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।

प्रहरीले शिशुलाई लिएर बेपत्ता हुने महिलालाई पक्राउ गरे पनि उनको परिचय भने खुलाएको छैन। ती महिलाले शिशु लैजानुको कारण पनि खलेको छैन।

सीसी टीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्।

प्रतिक्रिया दिनुहोस्