रूख काट्ने क्रममा महिलाको रूखले किचेर मृत्यु

फाल्गुन ११-  दोलखा,  दोलखाको जिरीमा रूख काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

जिरी नगरपालिका-९ ठूलोपातलको लहरेमानेमा रूखले किचेर ३८ वर्षीया अनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार मध्याह्न बारीको रूख काट्ने क्रममा अचानक रूख ढलेर किच्दा गम्भीर घाइते भएकी तामाङलाई उपचारका क्रममा जिरी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान् जीतवीरसँगै घर नजिकको बारीमा रुख काट्ने क्रममा अनिताको टाउकोमा बज्रिएर गम्भीर घाइते भएकी थिइन् ।

तामाङ मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्