कैलालीमा एक बालिका मृत अवस्थामा फेला

फाल्गुन ११- कैलाली,  कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्।

उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा सोही झुलामा लट्पटिएर घाटीमा पर्न गएको अवस्थामा फेला परेकी थिइन। शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्