एभरेष्ट नेपाल कल्चरल ग्रुपको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

    

 फाल्गुन ११ – काठमाडौं,  एभरेष्ट नेपाल कल्चरल ग्रुपले बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी गराएको हो । यही फाल्गुन १८ गते देखि फागुन २७ गतेसम्म हुने अन्तर्राष्ट्रिय मेलाको अन्तिम तयारी भएको ग्रुपका अध्यक्ष आरसी कोइरालाले जानकारी गराउनुभयो । मेलाका समुद्घाटन यही फागुन १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।

महोत्सव काठमाडौं, दाङ, पोखरा र ललितपुर जस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा गर्न गईरहेकोे उहाँले बताउनुभयो । ऐतिहासिक तथा विश्व सम्पदा सूचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरूको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएको अध्यक्ष कोइरालाको भनाइ थियो ।

 

यस मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाललगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारले भाग लिने निश्चित भइसकेको उहाँले जनाकारी गराउनुभयो ।

 

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशकअघि स्थापना भएको संस्था हो । स्थापनाकाल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने कार्य गर्दै आईरहेको छ । प्रथम अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलादेखि एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासम्म आइपुग्दा करिब ८५ भन्दा बढि देशका आठ हजार ५०० भन्दा बढि कलाकारहरूले घर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित बिविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्