चितवनमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

फाल्गुन ११- चितवन,  मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनले चलाएको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै गर्दा बाटोमा पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएर चौधरीको खुट्टा च्यापिएको थियो । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खैरहनी इलाका प्रहरी कार्यालयको टोली गएर घटनाबारे बुझेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए । दुर्घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्