धनगढीबाट दुई युवक लागूऔषधसहित पक्राउ

फाल्गुन ११- कैलाली, कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका-२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्