फाल्गुन १०- सल्यान, बुधबार राति चट्याङ लागेर सल्यानमा ४ जना घाइते भएका छन् । शारदा नगरपालिका–१३ स्यानीखालको तर्प्थपोले बस्ने देवीलाल बस्नेत र टीकाराम बस्नेतको घरनजिकै चटयाङ पर्दा चार जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार घाइते हुनेमा टीकाराम बस्नेतका १७ वर्षीय छोरी जानकारी बस्नेत, देवीलाल बस्नेतका १३ वर्षीय छोरा सुनील बस्नेत, जयराम बुढाथोकीकी १४ वर्षीया छोरी मनिषा बुढाथोकी र सुशीला भारती रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको पनि प्रहरीले जनाएको छ । सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक धमलाले बताए ।
प्रतिक्रिया दिनुहोस्