टिपर दुर्घटनामा दुई जना घाइते

फाल्गुन ४- मकवानपुर,  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन्।

मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीस्थित भित्री  सडकखण्डमा शुक्रबार सुकौराबाट शिवम् सिमेन्ट उद्योगतर्फ आउँदै गरेको ना. ५ ख ३००५ नं. को ढुङ्गा बोकेको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

टिपर दुर्घटनामा परी टिपरका चालक मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरका अन्दाजी ३० वर्षीय सञ्जय स्याङतान र टिपरमा सवार वडा नं. ६ डुम्म्रेकुनाका करिब ४२ वर्षीय सूर्य घलान घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्