८५ हजार रासायनिक मल सरकारले ल्याउने तयारी

फागुन ४-काठमाडौं,  सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६०  हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो ।

मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

 

रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्याङ्कमा छ ।

यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्