विदेशी मुद्रासहित टर्किस नागरिक पक्राउ

फाल्गुन ४- काठमाडौं, विभिन्न विदेशी मुद्राहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेका छन् ।

एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित ५ सय दरका १ सय ९२ थान गरी जम्मा ९६ हजार भारतीय रूपैयाँ, १ सय दरका २३ थान र ५० दरको १ थान गरी जम्मा २ हजार ३ सय ५० अमेरिकी डलर र १० लाख दरका ९ थान र ५ लाख दरका २६ थान गरी जम्मा २ करोड २० लाख इरानी रियाल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बरामद विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्