ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

फाल्गुन ४- पोखरा, तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित कच्ची सडकमा दुर्घटना भएको हो।

तनहुँको गाछेपानीबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ त २५३२ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा शुक्लागण्डकी–१ गाछेपानीका २४ वर्षीय सोमबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए।

ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको उनको भनाइ छ। सोमबहादुरको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्