दिल्लीको एक रासायनिक गोदाममा आगलागी, ७ जनाको मृत्यु

फाल्गुन ४-दिल्ली,   भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।

हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको खबरमा उल्लेख छ ।

आगो निभाइसकेपछि सात जनाको शव निकालिएको थियो । गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेका प्रहरीको भनाइ छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्