मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

फाल्गुन ४- सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिकाको आँपडाडामा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

दुधौली नगरपालिकाका २३ वर्षिय बेचु कुमरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेचुले चलाइरहेको मोटरसाइकललाई पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक स्थानीय ५५ वर्षिय हरि राउत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्