फाल्गुन ४- काठमाडौं, नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकमा हिजोको बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ ।
छलफलबाट परिमार्जनसहित महासमितिको बैठकमा जाने सदस्य कल्याण गुरुङले जानकारी दिए ।
बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव पेश गरेका थिए ।
बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्